सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

कुमारी बैंकको एटिएम तथा पिओएसमा युनियनपे कार्ड चल्ने

कुमारी बैंकको एटिएम तथा पिओएसमा युनियनपे कार्ड चल्ने

काठमाडौं । कुमारी बैंकले एटिएम तथा पिओएस (पोइन्ट अफ सेल) टर्मिनलमा युपिआई (युनियनपे इन्टरनेसनल) का कार्ड चल्ने भएको छ । बैंकले अबदेखि टर्मिनलमा युपिआई (युनियनपे इन्टरनेसनल) का कार्ड स्वीकार्ने भएको हो।

डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ अनुभव उपलब्ध गराउन नेपालभर बैंकका सबै एटिएम तथा पिओएस टर्मिनलमा यो सेवा उपलब्ध हुनेछ।

सुविधाबाट अब युपिआई कार्ड प्रयोगकर्ताले बैंकको एटिएममार्फत रकम झिक्न र पिओएस टर्मिनलमार्फत खरिद भुक्तानी सहज हुनुका साथै व्यापारीलाई पनि लाभ हुने विश्वास बैंकको छ।

हाल बैंकले ३०२ शाखा, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend