२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मुक्तिनाथ बैंक उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार घोषणा, पुस ९ मित्र आवेदन पेश गर्नुपर्ने

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।

कृषि क्षेत्रसँग सम्बन्धित अनुसन्धनात्मक लेख, रचना तथा खोजमूलक श्रव्य दृष्य समाचार प्रकाशित गरी पत्रकारितामार्फत व्यवसायिक कृषि उद्यमशीलता विकासमा टेवा पुग्ने कार्यमा विशेष योगदान पुऱ्याउने तीन जना पत्रकारलाई जनही ३५ हजार,२५ हजार र १५ हजार रुपैयाँ प्रशंसापत्रसहित मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको हो । उत्कृष्ठ पुरस्कार दिन बैंकले आवेदन माग गरेको छ ।

२०८१ पुस ९ गते भित्र उल्लेख गरेको विवरणहरुसहित आवेदन पेश गर्न बैंकले भनेको छ। बैंकका अनुसार आवेदक नेपाली नागरिक हुनुपर्ने, व्यक्तिगत रुपमा आवेदन दिनुपर्ने र संस्थागत वा संयुक्त निवेदनलाई मान्यता नदिने बैंकले जनाएको छ ।

आवेदकको विस्तृत वैयक्तिक विवरण पेश गर्नुपर्ने बैंकले जानकारी दिएको छ । आवेदकले २०८० साउन १ गतेदेखि २०८१ मंसिर २४ गतेभित्र कृषिसँग सम्बन्धित सार्वजनिक रुपमा प्रकाशित कम्तीमा तीन वटा लेख, रचना वा समाचारहरुको प्रतिलिपि लिंक पेश गर्नु पर्ने बैंकले जनाएको छ।

आवेदकले कुने बात कसुर नलागेको र कालो सूचीमा नपरेको स्वघोषणा पेश गर्नु पर्नेछ । प्राप्त आवेदनहरु मध्येबाट बैंकले तोकेको निर्णायक मण्डलको सिफारिस बमोजिम पुरस्कृतहरुको घोषणा गरिने भएको छ । पुरस्कार सम्बन्धी सर्त तथा निर्णयहरुमा बैंकको सर्वाधिकार रहने मुक्तिनाथले जनाएको छ ।

‘जनता बैंक मा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने नाराका साथ सन् २००७ मा स्थापित मुक्तिनाथ विकास बैंकले नेपालमा अग्रणी विकास बैंकको रूपमा आफ्नो परिचय बनाएको छ ।

बैंकले देशभर रहेका आफ्ना १७९ वटा शाखा कार्यलय र ४५०० भन्दा बढी मुक्तिनाथ रेमिट एजेन्टमार्फत सेवा प्रवाह गर्दै आएको छ । बैंकको बजार हिस्सा ९.४७ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट