मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

मुक्तिनाथ विकास बैंकद्वारा ‘मुक्तिनाथ आर्ट फर अर्थ कम्पिटिसन’ आयोजना, बिहीबारसम्म आवेदन दिनुपर्ने

मुक्तिनाथ विकास बैंकद्वारा ‘मुक्तिनाथ आर्ट फर अर्थ कम्पिटिसन’ आयोजना, बिहीबारसम्म आवेदन दिनुपर्ने

काठमाडौं । जलवायु परिवर्तनसँग लड्न मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ आर्ट फर अर्थ कम्पिटिसन’को आयोजना गरेको छ । कलाको थिम ‘कम्ब्याटिङ क्लाइमेट चेन्ज एन्ड ग्लोबल वार्मिङ’ रहेको बैंकले जनाएको छ ।

नेपालको कुनै पनि विद्यालयमा ८ देखि १० कक्षामा अध्ययनरत विद्यार्थीहरुले आर्ट फर अर्थ कम्पिटिसनमा भाग लिन पाउने भएका छन् ।

आर्ट कम्पिटिसनमा जित्ने ग्रान्ड विनरलाई ५० हजार र क्षेत्रिय विजेतालाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने बैंकले जनाएको छ ।

मंसिर २७ गते बिहीबारसम्म रहेको बैंकले जनाएको छ । विजेता घोषणा पुस ६ गते हुने भएको छ । एक क्षेत्रबाट बढीमा ५० जनाले भाग लिन पाउने बैंकले जानकारी दिएको छ ।

‘जनता बैंक मा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने नाराका साथ सन् २००७ मा स्थापित मुक्तिनाथ विकास बैंकले नेपालमा अग्रणी विकास बैंकको रूपमा आफ्नो परिचय बनाएको छ ।

बैंकले देशभर रहेका आफ्ना १७९ वटा शाखा कार्यलय र ४५०० भन्दा बढी मुक्तिनाथ रेमिट एजेन्टमार्फत सेवा प्रवाह गर्दै आएको छ । बैंकको बजार हिस्सा ९.४७ प्रतिशत छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend