सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

बैंकर्स संघमा चुनावी सरगर्मी, अध्यक्षमा अशोक शेरचन र सन्तोष कोइरालाको उम्मेदवारी

बैंकर्स संघमा चुनावी सरगर्मी, अध्यक्षमा अशोक शेरचन र सन्तोष कोइरालाको उम्मेदवारी

काठमाडौं । नेपाल बैंकर्स संघमा चुनावी सरगर्मी बढेको छ । संघको अध्यक्षमा प्रमुख बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन र माछापुच्छ्रे बैकका सिइओ सन्तोष कोइरालाको उम्मेदवारी परेको छ । सिइओ कोइराला संघका उपाध्यक्ष र शेरचन संघका कार्यकारी सदस्य छन् । आउँदो पुस ३ गते संघको ३८ औं वार्षिक साधारणसभा हुँदैछ ।

अहिले संघका अध्यक्ष, उपाध्यक्ष र तीन जना सदस्य रिक्त हुँदैछ । तर, बिहीबारसम्म अध्यक्षका लागि मात्र दुई जनाको उम्मेदवारी परेको छ । आउँदो सोमबारसम्म उम्मेदवारी दिने म्याद छ ।

साधारणसभाले अध्यक्ष र उपाध्यक्षसहित तीन जना सदस्य चयन गर्ने भएको छ । संघमा उपाध्यक्ष स्वतः अध्यक्ष बन्दै आएकोमा यसपटक शेरचन र कोइरालाको उम्मेदवारी परेको छ ।

संघको कार्यकारी सदस्यमा लगातार दुई कार्यकाल बस्न पाउने व्यवस्था छ । यसअघि संघको अध्यक्षमा राजनसिंह भण्डारी, उपेन्द्र पौडेल, अनिल शाह, ज्ञानेन्द्र ढुङ्गाना, भुवन दहाल, अनिल कुमार उपाध्याय र सुनिल केसी अध्यक्ष भएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend