२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सिप्रदी ट्रेडिङ्ग र बोस्चबीच ‘बोस्च फ्यूल सिस्टम’ सम्बन्धि सेवाको सम्झौता

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालि र द्यइक्ऋज् लिमिटेड बीच टाटा कमर्सियल गाडीहरुको बोस्च फ्यूल सिस्टम सम्बन्धि सेवाको सम्झौता भएको छ ।

एक विशेष समारोह बीच नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र द्यइक्ऋज् लिमिटेड बीच टाटा कमर्सियल गाडीहरुमा जडान भएका बोस्च एफ. आई. पि हरुको मर्मत तथा संभार सम्बन्धि सेवाको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पश्चात् अब टाटा कमर्सियल गाडीहरुको एफ.आई.पि सम्बन्धि मर्मत संभारकार्य सिप्रदीको सर्भिस सेन्टरमा गर्दा ग्राहकहरुले न्यून खर्च र निश्चित मूल्यको साथमा उच्च गुणस्तरको सेवा उपलब्ध गराउने सिप्रदीको प्रतिबद्दतालाई थप सशक्त बनाएको छ ।

त्यस अवसरमा सिप्रदी ट्रेडिङ्ग प्रालिका उपाध्यक्ष सौरभराज थपलियाले भने, “यस सम्झौताले टाटा कमर्सियल गाडीका ग्राहकहरुलाई एफ. आई. पि मर्मत निश्चित मूल्य र कम लागतमा सेवा प्रदान गर्न सक्षम बनाउनुका साथै सिप्रदी तथा बोस्चको विस्तारित सर्भिस संजालले गर्दा अझ पहुँचयोग्य र किफायती बन्ने विश्वास छ ।”

त्यसैगरि बोस्च इन्डियाका नेपाल प्रतिनिधि सन्दिप कामतले यस सहकार्यको महत्वलाई उजागर गर्दै भने, “सिफारिस नगरिएका तथा नन् जेन्यूइन पार्टपूर्जाको प्रयोगका कारण विगतमा ग्राहकहरुले बारम्बार भोग्दै आइरहेका समस्याहरुको दिगो समाधान यस सम्झौताले प्रदान गर्ने छ । अब सत्प्रतिसत बोस्चको जेन्यूइन पार्टस्हरुको प्रयोग गरि निश्चित मूल्य, न्यूनतम लागतमा उच्च गुणस्तरको सेवा ग्राहकहरुले प्राप्त गर्न सक्ने छन् ।”

कम्पनीका अनुसार यो सेवा नेपालभरि रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुबाट प्राप्त गर्न सकिने छ । एफ.आई.पि मर्मत सम्बन्धि कुनै पनि सेवाको लागि सिप्रदी सर्भिस सेन्टरमा आउदाँ ग्राहकहरुले निश्चित मूल्यमा मर्मत कार्य पाउनुको साथै गुणस्तरको प्रत्याभूती प्रदान गर्नका लागि कम्पनिले जेन्यूइन पार्ट्सहरुमा ६ महिनासम्मको वारेन्टी सुविधा पनि प्रदान गर्नेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ