२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

साउदी अरबमा हुने २०३४ को विश्वकप फुटबललाई यस्तो बन्दै छ रंगशाला

बिहिवार , मंसिर २७, २०८१

बीबीसी । आगामी एक दशक अर्थात सन् २०३४ को विश्वकप फुटबल साउदी अरबमा आयोजना गर्ने फिफाको निर्णय गरेको छ । तर, विश्वकप खेलाउने फुटबल रङ्गशाला नै तयार नगरेको देशलाई आयोजक बनाइएको भन्दै विवाद पनि सुरु भएको छ। आयोजक साउदी अरबले भने विश्वकपका लागि विशेष अत्याधुनिक रङ्गशालाहरू बनाइने जानकारी दिएको छ।

विश्वकप फुटबलका लागि सउदील ११ वटा अत्याधुनिक सुविधा सम्पन्न रङ्गशाला बनाउनुपर्ने भएको छ। अहिलेसम्म ती कुनै पनि रङ्गशाला बनेको छैन् ।

बुधवारको फिफाको निर्णयसँगै साउदी अरब मध्यपूर्वमा विश्वकप फुटबल आयोजना गर्ने दोस्रो मुलुक हुने भएको छ। यसअघि सन् २०२२ मा मध्यपूर्वको कतारले विश्वकप फुटबल आयोजना गरेको थियो। कतार विश्वकप दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाले जितेको थियो ।

साउदी अरबले सन् २०२१ यता खेलकुदमा पाँच अर्ब युरोभन्दा धेरै लगानी गरिसकेको छ। देशको अर्थतन्त्रलाई विविधीकरण गर्न राजकुमार मोहम्मद बिन सलमानले उल्लेख्य भूमिका खेलिरहेका छन्।साउदी अरबको घरेलु फुटबल लीगमा पनि अहिले विश्वका चर्चित खेलाडीहरू आबद्ध छन्। क्रिस्टियानो रोनाल्डो, करिम बेन्जिमा र नेइमार जूनिअर त्यसमध्येका केही हुन्।

यद्यपि यो देशमाथि आफ्नो छवि सुधार्न खेलकुदुलाई प्रयोग गरेको आरोप लाग्दै आएको छ। मानव अधिकार उल्लंघन, सबै भन्दा बढी मानिसलाई मृत्युदण्ड दिनुका साथै पर्यावरणमा असर पुर्‍याएको आरोप खेप्दै आएको सउदी अरवले खेलकुदमा अभूतपूर्व लगानी गरिरहेको छ।

फुटबलको प्रशासनिक निकाय फिफाले साउदी अरबमा बन्ने नयाँ रङ्गशालाहरूले ूविश्वमा भविष्यमा बन्ने रङ्गशालाहरूको खाकामै परिवर्तन ल्याइदिने दाबी गरेको छ।आयोजकका अनुसार साउदी अरबमा जम्मा १५ वटा रङ्गशालामा विश्पकप फुटबलका खेलहरू हुनेछन्। ती खेलहरू रियाद, जेद्दा, अबाह, अल कोबर र निआम र देशको उत्तर पश्चिमी क्षेत्रमा बन्ने नयाँ सहरमा हुनेछन्।

त्यसमध्येको एक निआम रङ्गशाला जमिनभन्दा ३५० मिटर उचाइमा बन्नेछ। तीव्र गतिका लिफ्ट र चाल रहित सवारी साधनहरूको सहायतामा मात्रै उक्त रङ्गशालामा पुग्न सकिने बताइएको छ।काररहित सहर बनाउने द लाइन योजना अन्तर्गत यो रङ्गशाला बन्न लागेको हो।

किद्दिया कोस्ट रङ्गशालाको डिजाइन मेक्सिकन छालजस्तो हुनेछ। राजकुमार मोहम्मद बिन सलमानले रियादमा बन्ने रङ्गशाला एउटा भिरको टुप्पोमा बन्ने बताएका छन्। विश्वकप खेलाइनेमध्ये आठ वटा रङ्गशाला राजधानी रियादमा हुनेछन्। राजा सलमानको नाममा रियादमा बनाइने रङ्गशालामा ९२ हजार ७ सय ६० जना दर्शक अटाउने क्षमता हुनेछ।

कुल १५ मध्ये चारवटा रङ्गशाला बनिसकेका छन्। आठ वटा निर्माणको योजनामा छन् भने तीन वटा निर्माणाधीन छन्। ती निर्माणाधीन रङ्गशालामा सन् २०२७ को एएफसी एसियन कप खेलाइने छ। साउदी सरकारले भने देशको अर्थतन्त्र र पर्यटनमा सुधारका लागि विश्वकप आयोजना गर्न लागिएको दाबी गरेको छ। फिफाको निर्देशिकाअनुसार विश्वकप आयोजना गर्ने देशले मानव अधिकारको सम्मान गर्ने प्रतिबद्धता जनाएको हुनुपर्छ।

नोभेम्बरमा फिफाले विश्वकप आयोजना गर्ने साउदी अरबको प्रस्तावलाई अहिलेसम्मकै धेरै अंक दिएको थियो। विश्वकपले मानव अधिकारको अवस्था सुधारको प्रयासमा सहयोग पुर्‍याउने दाबी फिफाले गरेको थियो।

गत वर्ष बीबीसीका खेल सम्पादकसँग कुरा गर्दै साउदी अरबका खेलकुदमन्त्री समेत रहेका राजकुमार अब्दुलअजीज बिन टर्की बिन फैसलले साउदी अरबमा विश्वकप आयोजना हुँदा विदेशी कामदारमाथि गलत व्यवहार नहुने बताएका छन्। उनले सन् २०२२ को फिफा विश्वकप आयोजना हुँदा कतारमा विदेशी कामदारहरूमाथि भएको व्यवहार साउदी अरबमा नदोहोरिने वाचा गरेका छन्।

विश्वकप आयोजना गर्न साउदी अरबले आफ्ना विमानस्थलहरू पनि विस्तार गर्ने वाचा गरेको छ। तीव्र गतिका रेल सञ्जालहरू विस्तार गर्ने र सार्वजनिक यातायात बढाउने वाचा पनि यो देशले गरेको छ।

यद्यपि विश्वकप हुने कतिपय रङ्गशालाहरूबीचको दूरी टाढा रहेका कारण फुटबल समर्थकहरू हवाई यात्रामै भर पर्नुपर्ने अवस्था छ। यता सन् २०२६ बाट विश्वकपमा ४८ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्। यसअघि कतारमा विश्वकप हुँदासम्म ३२ वटा टोली मात्रै सहभागी थिए।

फिफाले सार्वजनिक यातायातमा व्यापक विस्तारको अपेक्षा गरिएको बताएको छ। यसमध्ये रियादमा नयाँ मेट्रो प्रणालीको जडान पनि एक छ। विश्वकप हेर्न जाने प्रशंसकहरूका लागि हरेक सहरमा दुई वटाका दरले १० वटा फ्यान पार्क निर्माण गरिने योजना छ।

यो पनि :

२०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा हुने, २०३४ मा साउदी अरेबियामा

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट