२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाली बजारमा भित्रियो जेएम ईभी जीएसइ गाडी , मूल्य ५३ लाख ९९ हजार

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौँ । नेपाली बजारमा जेएम ईभी जीएसइ इलेक्ट्रिकल गाडी भित्रिएको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रमकाबीच शौर्य अटोमोबाइल्स प्रा लि ले जेएम ईभी जीएसइ इलेक्ट्रिकल गाडी सार्वजनिक गरेको हो ।

सर्वाधिक मूल्यवान प्रिमियम सेडानको रूपमा ख्याति कमाएको यस गाडीले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र विलासितापूर्ण डिजाइनको संयोजन मार्फत दिगो गतिशीलतालाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको बताइएको छ ।

जिआङ्सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेड द्वारा निर्मित जीएस इभी नवपर्यावहनको उच्चतम स्तरको प्रतिबिम्ब रहेको बताइएको छ ।

सन् २०१५ मा स्थापना भएको जेएमइभी चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयबाट इभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनीहरूमध्ये एक हो। सन् २०१९ मा रेनो समूह ले जेएमईभी मा ५० प्रतिशत हिस्सेदारी प्राप्त गरेपछि यसको विश्वव्यापी प्रतिष्ठा झनै मजबुत भएको छ।

नेपालको विविध भूगोललाई मध्यनजर गरी तयार पारिएको यस गाडीमा ४९ किलोवाट आवर को ब्याट्री क्षमता, ९९ किलो वाट मोटर आउटपुट, रेज ४२० किमी रहेको छ ।

त्यसैगरी १७० मिमी नेपालको विविध भूभागका लागि उपयुक्त हुने ग्राउन्ड क्लियरन्स, यात्राको अद्वितीय अनुभवका लागि प्यानोरामिक मूनरुफ, सुरक्षालाई थप मजबुत बनाउन ३६० डिग्रीको एभिएम भिजुअल सिस्टम, शान्त र सहज यात्रा सुनिश्चितका लागि मिशेलिन हाओयु ४ म्युट टायरहरू रहेका छन् ।

गाडी सार्वजनिक समारोहमा बोल्दै, शौर्य अटोमोबाइल्स प्रा लि का कार्यकारी निर्देशक निर्देशक अखिल गुप्ताले भने 'जेएमईभी जीएसइ कुनै साधारण गाडी मात्र होइन, यो नवपर्यावहन, विलासिता, र जिम्मेवारीको प्रतीक हो। विश्वव्यापी रुपमा प्रख्यात रहेको इभी नेपालमा ल्याउन पाउँदा उत्साहित छौं।'

जेएमईभी जीएसईको नेपाली मूल्य ५३ लाख ९९ हजार रहेको छ । यस गाडीको अनुभव लिन र टेस्ट ड्राइभ बुक गर्न शौर्य अटोमोबाइल्सको शोरुम दरबारमार्गमा उपलब्ध गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ