२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सिप्रदी ट्रेडिङ्गद्वारा चितवनमा टाटा म्याजिक ‘बीएस६’ सार्वजनिक

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले चितवनमा टाटा म्याजिक ‘बीएस६’ सार्वजनिक गरेको छ । सिप्रदीले एक विशेष समारोहबीच उक्त टाटा म्याजिक सार्वजनिक गरेको हो ।

सिप्रदी ट्रेडिङ्ग प्रालिका सिभीबीयू कृष्ण चन्दका अनुसार टाटा म्याजिक ‘बीएस६’ गाडीमा ६९४ सीसी पेट्रोल इन्जिन, ३० एचपी पावर, ५५ एनएम टर्क, ५–स्पीड गियर, १३ इन्चका टायर, डिजिटल ओडोमिटर, इको स्विच, एबीएस, र एन्टि–रोल बार जस्ता विशेषताहरू छन् । यी विशेषताले यात्रुहरूको लागि आरामदायी यात्रा र व्यवसायिक दृष्टिकोणबाट उच्च लाभ सुनिश्चित गर्नेछ ।

‘चितवन जस्तो व्यस्त सहरी क्षेत्रमा टाटा म्याजिक बीएस६ ले यातायात क्षेत्रको लागि नयाँ आयाम थप्नेछ । यसको किफायती सञ्चालन लागत र आधुनिक प्रविधिले यहाँका व्यवसायीहरूलाई अझ सशक्त बनाउनेछ’, उनले भने ।

कार्यक्रममा बोल्दै प्रोडक्ट मेनेजर इन्द्रमणि पोख्रेलले टाटा म्याजिक सहरी यातायात र विद्यालय यातायातका लागि उपयुक्त मोडेल रहेको बताए । उनले यसले प्रदूषण घटाउन र इन्धनको कुशल प्रयोग गर्न मद्दत गर्ने दाबी गरे ।

सिप्रदी ट्रेडिङ्गले यसअघि नै नेपालमा ४,००० भन्दा बढी टाटा म्याजिक गाडीहरू बिक्री गरिसकेको छ । जसले बजारको ९५% हिस्सा ओगटेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ