logo

२०८१ मंसिर २९ शनिबार

logo
  • शनिबार, २९ मंसिर २०८१
  • पुसदेखि टाटा गाडी महंगो हुँदै, इभीको मूल्य ३ प्रतिशतसम्म बढ्ने

    पुसदेखि टाटा गाडी महंगो हुँदै, इभीको मूल्य ३ प्रतिशतसम्म बढ्ने

    329
    Shares
    पुसदेखि टाटा गाडी महंगो हुँदै, इभीको मूल्य ३ प्रतिशतसम्म बढ्ने

    एजेन्सी । भारतको अग्रिणी अटो कम्पनी टाटा मोटर्स लिमिटेडले गाडीको भाउ बढाउने घोषणा गरेको छ । नयाँ वर्ष २०२५ देखि टाटा मोटर्सले गाडीको भाउ ३ प्रतिशतसम्म बढाउने घोषणा गरेको हो ।

    टाट मोटर्सले प्यासेन्जर र इलेक्ट्रिक भेहिकल (इभी) को मूल्य आउँदो नयाँ वर्ष २०२५ को जनवरीदेखि बढाउने जानकारी दिएको छ । यस्तै हेभी गाडी बस र ट्रकको मूल्य २ प्रतिशत बढाउने कम्पनीले जनाएको छ ।

    गाडीको मूल्य मोडल र भेरियन्टमा निर्भर हुने टाटाले जनाएको छ । कच्चा वस्तुको भाउ बढ्दा लागत थपिएपछि वाध्य भएर गाडीको मूल्य बढाउनु परेको टाटा मोटर्सले जनाएको छ ।

    यसअघि मारुती सुजुकी, हुण्डाइ, महेन्द्र, जेएस डब्लु र एमजी मोटरले नयाँ वर्षदेखि ४ प्रतिशतसम्म गाडीको भाउ बढाउने घोषणा गरिसकेका छन् । यस्तै कच्चा वस्तुको लागत बढेको भन्दै लक्जिरियस गाडी मर्सिडिज बेन्ज, बिएमडब्लु, आउडीले पनि भाउ बढाउने घोषणा गरिसकेका छन् ।

    सबै भारतीय अटो कम्पनीहरुले भाउ बढाउने भएपछि नेपालमा गाडी महंगो हुने भएको छ । भारतमा बढेपछि यसको असर नेपाली बजारमा पर्ने भएको छ । नेपालमा टाटा गाडीको माग अधिक छ ।

    टाटाको टियागो, टाटा पन्च र नेक्सन इभी गाडीको माग राम्रो छ । अहिले नेपाली अटो बजार इभीमा सिफ्ट भइसकेको छ ।

    ९ महिनामा नेपालमा साढे १३ अर्ब रुपैयाँ बढीको टाटा गाडी बिक्री भएको छ । सिप्रदी ट्रेडिङ प्रालिले २०२४ को ९ महिनामा टाटा गाडी, म्याक लुब्रिकेन्टस र एक्साइड ब्याट्रको कूल १३ अर्ब ५४ करोड २० लाख रुपैयाँ व्यापार गरेको छ ।

    गत वर्ष सिप्रदीले १८ अर्ब ३० करोड ४० लाख रुपैयाँको टाटा गाडी बिक्री गरेको थियो । २०२२ मा २८ अर्ब ९५ करोड ५० लाख, २०२१ मा २५ करोड ४१ लाख ९० हजार रुपैयाँको टाटा गाडी र म्याक लुब्रिकेन्टसको व्यापार गरेको थियो ।

    यस्तै २०२० मा सिप्रदीले १९ अर्ब ७० करोड ५० लाख र २०१९ मा ३१ अर्ब ३ करोड ५० लाख रुपैयाँ गाडी व्यापार गरेको थियो ।

    यद्यपि गत वर्ष २०२३ मा सिप्रदीको बिजनेस ३७ प्रतिशत घटेको जानकारी दिएको छ । कमर्शियल भेहिकलबाट हुने आम्दानी ७० प्रतिशत घटेको छ । समीक्षा अवधिमा प्यासेन्जर भेहिकलको व्यापार ३९ प्रतिशत बढेको छ ।
    (दि इकोनोमिक टाइम्सको सहयोगमा)


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend