सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

दक्षिण कोरियाली संसदद्वारा राष्ट्रपति युनविरुद्ध महाभियोग प्रस्ताव पारित

दक्षिण कोरियाली संसदद्वारा राष्ट्रपति युनविरुद्ध महाभियोग प्रस्ताव पारित

दक्षिण कोरिया । दक्षिण कोरियाको संसदले शनिवार राष्ट्रपति युन सुक–योलको मार्शल ल घोषणामा दोस्रो महाभियोग प्रस्ताव पारित गरेको छ । पहिलो एक हप्ता अघि खारेज गरेपछि यो दोस्रो पटक पारित गरिएको हो ।

ऐतिहासिक पूर्ण बैठकमा एक सदनात्मक राष्ट्रिय सभाका ३०० सांसदमध्ये २ सय ४ जनाले पक्षमा र ८५ जना विपक्षमा मतदान गरेका थिए भने तीन जनाले अनुपस्थिति र आठ जनाले बदर गरेका थिए ।

गत शनिबार सत्तारुढ १०८ जनशक्ति पार्टीका अधिकांशले संसदीय हलबाट बाहिरिएर मतदान गर्न अस्वीकार गरेपछि पहिलो महाभियोग प्रस्ताव अमान्य भएको पुष्टि भएको थियो । संसदीय स्वीकृतिसँगै संवैधानिक अदालतले १८० दिनसम्म महाभियोगको विचार गर्नेछ ।

जसको अवधिमा युनको संवैधानिक शक्ति निलम्वित हुनेछ र प्रधानमन्त्री हान डक–सू कार्यवाहक राष्ट्रपति हुनेछन् । यदि अदालतले महाभियोगलाई समर्थन गर्यो भने ६० दिनभित्र तुरुन्तै राष्ट्रपति चुनाव हुनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend