
काठमाडौं। सर्वोत्तम सिमेन्ट लिमिटेडले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बुधबार कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई बोनस सेयर र नगद गरेर १० प्रतिशत प्रतिफल दिने निर्णय गरेको हो।
चुक्ता पुँजीको ७ प्रतिशत अर्थात ३२ करोड ५५ लाख रुपैयाँ बोनस सेयर र ३ प्रतिशत अर्थात १३ करोड ९५ लाख रुपैयाँ नगद लाभांश दिने घोषणा उद्योगले गरेको हो । सर्वोत्तमको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ ।
लाभांश प्रस्ताव पारित गर्न उद्योगले पुस २६ गते साधारणसभा बोलाएको छ। सर्वोत्तमले पुस १२ गते सेयर रजिष्टर (बुक क्लोज) तोकेको छ। पुस ११ गतेसम कायम हुने सेयरधनीले लाभांश पाउने उद्योगले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend