logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • नेपाल टेलिकमको सेयरधनीलाई दिने लाभांश घट्दो, यो वर्ष ३० प्रतिशत मात्र पाउने

    नेपाल टेलिकमको सेयरधनीलाई दिने लाभांश घट्दो, यो वर्ष ३० प्रतिशत मात्र पाउने

    168
    Shares
    नेपाल टेलिकमको सेयरधनीलाई दिने लाभांश घट्दो, यो वर्ष ३० प्रतिशत मात्र पाउने

    काठमाडौं । सरकार स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले सेयरधनीलाई दिने लाभांशमा निरन्तर गिरावट आइरहेको छ ।

    नेपाल टेलिकमले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। टेलिकमको शनिबार बसेको सञ्चालक समिति बैंठकले ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

    अर्थ मन्त्रालयबाट स्वीकृति भएपछि साधारण सभामा पेश हुने टेलिकमले जनाएको छ । सभाले अनुमोदन गरेपछि सेयरधनीलाई लाभांश वितरण हुने भएको छ । कम्पनीले गत वर्ष ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यो वर्ष घटेको छ । टेलिकमले लगानीकर्तालाई ५५ प्रतिशतसम्म लाभांश दिँदै आएको छ ।

    कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सत्रौं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म सेयर दर्ता बन्द (बुकक्लोज) गर्ने जनाएको छ । यस अनुसार पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश पाउने भएका छन् ।
    यस्तै साधारण सभाले लाभांशका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने भएको छ ।

    गत आर्थिक वर्षमा नेपाल टेलिकमको खुदनाफा १९.६८ प्रतिशत घटेको छ । गत आर्थिक वर्षमा टेलिकमले ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । नाफा घटेपछि सेयरधनीलाई दिने लाभांश गिरावट आएको हो । अघिल्लो वर्षको यसै अवधिमा टेलिकमको खुदनाफा ७ अर्ब ९२ करोड २० लाख रुपैयाँ थियो ।

    एक वर्षको अवधिमा टेलिकमको नाफा १ अर्ब २३ करोड ३० लाख रुपैयाँ घटेको सार्वजनिक भएको वित्तीय विवरणमा उल्लेख छ । टेलिकमको खुदआम्दानी ५.२५ प्रतिशत घटेको छ । गत आर्थिक वर्षमा नेपाल टेलिकमको कूल आम्दानी ६.२८ प्रतिशत घटेर ४१ अर्ब ६१ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ ।

    अघिल्लो वर्षको यसै अवधिमा टेलिकमको कूल आम्दानी ४४ अर्ब ४२ करोड ३६ लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा नेपाल टेलिकमको कूल आम्दानी २ अर्ब ६१ करोड ३५ लाख रुपैयाँ घटेको सार्वजनिक गरिएको वित्तीय विवरणले देखाएको छ ।

    असारसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी पनि घट्न पुगेको छ । अघिल्लो वर्ष ३६ अर्ब २७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको अहिले भने घटेर ३४ अर्ब ४६ करोड रुपैयाँमा झरेको छ ।

    त्यसैगरी, वित्तीय आम्दानी पनि ७ अर्ब ७७ करोडबाट घटेर ६ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ । यसले गर्दा यसको नाफा प्रभावित भएको हो ।

    टेलिकमको अन्य स्रोतबाट हुने आम्दानी भने ३७ करोड २९ लाखबाट बढेर ६७ करोड ४० लाख रुपैयाँ पुगेको छ । टेलिकमको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको जगेडा कोषमा ७६ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

    यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ४४ रुपैयाँ रहेको यसको प्रतिसेयर आम्दानी अहिले घटेर ३६ रुपैयाँ ७७ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने ५ सय ५२ रुपैयाँ ४३ पैसा रहेको छ ।

    यो पनि : 

    बिजनेस खुम्चिन थालेपछि ओरालो यात्रामा नेपाल टेलिकम र एनसेल


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend