logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • पौने २ अर्बमा पोखरामा लेकभ्यू रिसोर्ट अपार्टमेन्ट बन्दै, डेढ वर्षमा सञ्चालन हुने

    पौने २ अर्बमा पोखरामा लेकभ्यू रिसोर्ट अपार्टमेन्ट बन्दै, डेढ वर्षमा सञ्चालन हुने

    623
    Shares
    पौने २ अर्बमा पोखरामा लेकभ्यू रिसोर्ट अपार्टमेन्ट बन्दै, डेढ वर्षमा सञ्चालन हुने

    काठमाडौं । पर्यटकीय नगरी पोखरामा नयाँ सर्भिस अपार्टमेन्ट थपिने भएको छ । बिएनबी लेकभ्यू रिसोर्ट अपार्टमेन्ट प्राइभेट लिमिटेडले १ अर्ब ७६ करोड ५० लाख रुपैयाँमा लेकभ्यू अपार्टमेन्ट रिसोर्ट बनाइरहेको छ । अपार्टमेन्टको ऋण, स्वपुँजी र खरिदकर्ताको अग्रिम रकम अनुपात ३४ः३४ः३२ रहेको छ ।

    बैंकको ऋण र संस्थापकहरुको लगानी व्यवस्थापन भइसकेको छ । अहिलेसम्म ६९ प्रतिशत वित्तीय प्रगति भएको लेकभ्यु रिसोर्टले जनाएको छ । अपार्टमेन्टको काम २०८३ असार (२०२६ जुलाई) मा सकिने निर्माण कम्पनीले जनाएको छ ।

    आउँदो असारसम्म अपार्टमेन्ट सञ्चालनमा ल्याउने तयारी भएकोमा काम अवरुद्ध हुँदा आयोजना निर्माणमा ढिलाइ भएको हो । निर्माण सामाग्रीको भाउ बढेको र मजदुर अभावल गर्दा आयोजना निर्धारित समय भन्दा एक वर्ष पछि धकेलिएको बिएनबीले जनाएको छ ।

    अपार्टमेन्टमा ३२ प्रतिशत लगानी ग्राहकको एडभान्सबाट जुटाइने भएको छ । अहिलेसम्म १३ प्रतिशत मात्र प्राप्त भएको बिएनबीले जनाएको छ । अहिलेसम्म ७० मध्ये ५० वटा अपार्टमेन्ट बुकिङ भइसकेको छ । बुकिङबाट ७ करोड २० लाख रुपैयाँ प्राप्त गरेको बिएनबीले जनाएको छ ।

    कम एडभान्स कलेक्सनले अर्पाटमेन्ट निर्माणमा असर पर्ने देखिएको छ । निर्धारित समयमा तोकिएको मूल्यमा अपार्टमेन्ट बिक्री मुख्य चुनौति देखिएको छ । कम्पनीले ६० करोड रुपैयाँ ऋणको रेटिङ पनि गराएको छ ।

    अपार्टमेन्ट पोखरा अन्तर्राष्ट्रिय विमास्थलभन्दा ८ किलोमिटर दूरीमा पर्छ । अपार्टमेन्ट १ लाख ६५ हजार ५ सय २८ स्वायरफिट क्षेत्रफलमा फैलिएको छ । पर्यटकीय नगरिमा रहेकाले यसबाट थप व्यावसायिक लाभ हुने देखिन्छ । यस्तै बिदामा आउने पर्यटकले पनि रेसिडेन्समा लगानी गर्न पाउने छन् । अर्पाटमेन्ट पृथ्वी राजमार्गमा जोडिएको छ ।

    बीएनबी लेकभ्यु २०१८ मा स्थापना भएको कम्पनी हो । यो कम्पनी घरजग्गा व्यवसायमा संलग्न छ ।

    कम्पनीको अध्यक्षमा होमबहादुर बसेल रहेका छन् । उनी रियल स्टेटलगायत अन्य बिजनेसमा दुई दशकदेखि संलग्न छन् । उनी बीएनबी हाउजिङ कम्पनी र बीएनबी इन्जिनियरिङ कम्पनीका सञ्चालक पनि हुन् । यस्तै गण्डकी मेडिकल कलेजका संस्थापक लगानीकर्ता पनि हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend