logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • स्वदेशी पुँजीमै ठुला परियोजना सम्भव, आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई अध्यक्ष ढकालको आव्हान

    स्वदेशी पुँजीमै ठुला परियोजना सम्भव, आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई अध्यक्ष ढकालको आव्हान

    147
    Shares
    स्वदेशी पुँजीमै ठुला परियोजना सम्भव, आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई अध्यक्ष ढकालको आव्हान

    तनहुँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताएका छन् ।

    आज तनहुँको भानुनगर महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्वदेशी पुँजी परिचालनलाई महत्त्व दिंदै १० अर्ब पुँजीको लगानी कम्पनी समेत स्थापना भएको जानकारी गराउँदै लगानी परियोजना प्रस्ताव गर्न आग्रह गरेका हुन् ।

    नेपालको पर्यटन, ऊर्जा, सूचना प्रविधि र कृर्षि उत्पादनका क्षेत्रमा अवसर नै अवसर भएकाले लगानीका लागि वित्तीय प्रबन्ध जुटाउन तथा साझेदारी गर्न नयाँ कम्पनी बनेकाले यसबाट फाइदा लिन पनि स्थानीय उद्योगीहरुलाई आग्रह गरे ।

    महासंघको आग्रहमा नेपाल सरकारले लगानीमा अवरोध हुने ठानिएका कानुन सुधार गरिरहेकाले पनि लगानीका लागि उपयुक्त अवसर सृजना भइरहेको अध्यक्ष ढकालले उल्लेख गरे ।

    पर्यटक आगमन बढिरहेको, रेमिटेन्स मार्फत वैदेशिक मुद्रा पर्याप्त रहेको तथा बैकिग क्षेत्रमा पर्याप्त तरलता र ब्याजदर पनि सन्तुलित भइरहेकाले लगानीका लागि उपयुक्त समय आएको पनि अध्यक्ष ढकालको भनाइ थियो ।

    भानुभक्त आचार्यको जन्मस्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउन र स्थानीय उत्पादनको प्रर्वद्धनमा भइरहेका प्रयासमा साथ दिइरहेको बताउँदै अध्यक्ष ढकालले भानु नगरलाई शुभकामना समेत व्यक्त गरे ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend