शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

देउराली जनताको व्यापार बढ्दो, एक वर्षमा २ अर्ब २ करोडको औषधी व्यापार

देउराली जनताको व्यापार बढ्दो, एक वर्षमा २ अर्ब २ करोडको औषधी व्यापार

काठमाडौं । निजी लगानीमा सञ्चालनमा रहेको मुलुककै पुरानो मध्ये एक औषधी उद्योग देउराली जनता फर्मास्युटिकल्सको व्यापार बढ्दै गएको छ । एक वर्षमा देउराली जनताले २ अर्ब २ करोड रुपैयाँ औषधी व्यापार गरेको छ ।

सन् २०२३ मा देउरालीले १ अर्ब ८६ करोड ३५ लाख रुपैयाँको औषधी व्यापार गरेको थियो । एक वर्षको अवधिमा उद्योगले १५ करोड ७० लाख रुपैयाँ औषधी व्यापार बढाएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

२०२२ मा उद्योगले १ अर्ब ७० करोड ५५ लाख रुपैयाँको औषधी व्यापार गरेको थियो । २०२१ मा १ अर्ब ४६ करोड ९१ लाख, २०२० मा १ अर्ब १९ करोड ६४ लाख र २०१९ मा १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँको औषधी कारोबार गरेको थियो । पाँच वर्षको वित्तीय अवस्था हेर्दा उद्योगको व्यापार बढ्दै गएको देखिन्छ । सन् २०२० देखि २०२४ मा उद्योगको आम्दानी र मार्जिन राम्रो रहेको छ ।

उद्योगले १ अर्ब ११ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । सन् १९९१ मा स्थापित देउराली जनता सबैभन्दा पुरानो र स्थापित औषधी उद्योग मध्ये एक हो । उद्योगले हृदय रोग, मधुमेह, स्त्री रोग र बाल, ग्यास्ट्रोलोजिक, हेपाटोलोजी र डर्मेटोलोजी रोगका लागि औषधी उत्पादन गर्दै आएको छ ।

उद्योगको २ सय ५० प्रकारको औषधी उत्पादन रहेको छ । उद्योगको मुलुकभरी २ सय वितरक रहेका छन् । ती मध्ये १० वितरकको औषधी बिक्री हिस्सा १७ प्रतिशत छ । उद्योगले औषधी बनाउन आवश्यक कच्चा वस्तु विदेशबाट आयात गर्दै आएको छ ।

देउराली जनतामा हरिभक्त शर्माको ७१ र बाँकी परिवारको सदस्यको स्वामित्व छ । कम्पनीको अध्यक्ष शर्मा रहेका छन् ।

अहिले नेपाली बजारमा ९० अर्ब रुपैयाँको औषधि कारोबार हुने गरेको छ । आर्थिक वर्ष २०७८/७९ नेपालमा नेपाली उद्योगीहरुको झन्डै ३४ अर्ब रुपैयाँको औषधिको कारोबार भएको थियो । तर, गत आर्थिक वर्ष ०७९/०८० मा २९ अर्ब ३६ करोड रुपैयाँको मात्र कारोबार भएको नेपाल औषधि उत्पादक संघले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend