आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

नामीले क्रिसमस सिजनमा भाटभटेनीमा रोमाञ्चक सर्प्राइजको अनुभव प्रदान गर्ने

नामीले क्रिसमस सिजनमा भाटभटेनीमा रोमाञ्चक सर्प्राइजको अनुभव प्रदान गर्ने

काठमाडौं । क्रिसमसको सिजनमा नामीले नेपालभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइजको अनुभव प्रदान गर्ने भएको छ ।

डिसेम्बर २३ देखि २५ सम्म काठमाडौं उपत्यकाका केहि भाटभटेनीहरुमा ग्राहकहरुले सान्ता क्लॉसलाई भेट्ने, सर्प्राइज उपहारहरू प्राप्त गर्ने र बिग ह्याच विथ फाइभ स्टार लक्जरी, नामीको टेस्ट ड्राइभ गर्ने मौका पाउने छन्।

‘अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी’ डिसेम्बर २३ मा सुरु भएको छ र काठमाडौं उपत्यका भित्र भक्तपुर, कोटेश्वोर, सानागाउँ र टोखाका भाटभटेनी सुपर मार्केटमा डिसेम्बर २५ सम्म चल्नेछ।

कम्पनीका अनुसार डिसेम्बर २५ मा काठमाडौं उपत्यका बाहिर विस्तार भएर नेपालका प्रमुख शहरहरूका भाटभटेनी स्थानहरू वीरगन्ज, विराटनगर, चितवन, पोखरा, र बुटवलमा समेत ग्राहकहरुले यसको अनुभव लिन पाउनेछन् ।

यसमा सहभागीहरूले सान्ता क्लॉसलाई भेट्ने अवसरहरू र विशेष सर्प्राइज उपहारहरू प्राप्त गर्न पाउने छन् । यसबाहेक, ग्राहकहरुले द बिग ह्याच नामीको टेस्ट ड्राइभ गरी यसका लक्जरियस फिचर्सहरु आफैं अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।

नामीसँग टेस्ट ड्राइभ र सरप्राइजको यस रमाइलो उत्सवमा सहभागी बन्न कम्पनीले आग्रह गरेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend