२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले लियो व्यवस्थापन

बुधवार , पौष १०, २०८१

काठमाडौं। नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ। बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो। बैठकले बैंकलाई शीघ्र सुधारात्मक कारबाही गरेको हो। राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम बैंकलाई समस्याग्रस्त घोषणाको निर्णय गरेको राष्ट्र बैंकले जनाएको छ।

बैंक सञ्चालन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेको छ। व्यवस्थापन समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप-निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप-निर्देशक जुगल किशोर कुशवाहा सदस्य छन्।

बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको ड्यू डेलिजेन्स गराउनका लागि आवश्यक कार्य गर्न, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन अख्तियारी प्रदान गरिएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकले तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसकेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकको न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको लगायत कारण वित्तीय अवस्था समस्याउन्मुख देखिएको भन्दै राष्ट्र बैंकले कर्णाली डेभलपमेन्टलाई गत मंसिर ११ देखि लागू हुनेगरी निक्षेप संकलन, कर्जा प्रवाह लगायत कारोबारमा रोक लगाइएको थियो।

चालू आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले निष्क्रिय कर्जा ७.२७ प्रतिशत देखाएको छ । समीक्षा अवधिमा बैंक १ करोड ९० लाख रुपैयाँ नोक्सानमा रहेको छ । बैंकको वितरण्योग्य नाफा ५ करोड रुपैयाँ ऋणत्मक छ ।

यसैगरी बैंकको प्रति सेयर आम्दानी ३.९४रुपैयाँ ऋणात्मक रहेको छ । प्रति सेयर नेटवर्थ ९७.५० रुपैयाँ छ । समस्याग्रस्त बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख रुपैयाँ छ । सञ्चित कोषमा १९ कोड रुपैयाँ रहेको छ । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको बैंकको तीन जिल्लामा १८ शाखा सञ्चालनमा छन् ।

यो पनि :

कर्णाली डेभलपमेन्ट बैंक गम्भीर संकटमा, राष्ट्र बैंकले लगायो कारोबारमा रोक

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट