२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत, ०८२ असार भित्र सक्ने लक्ष्य

शुक्रवार , पौष १२, २०८१

रसुवा । चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा भएको छ ।

यो परियोजना चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन रहेको छ । स्थलगत निरीक्षणमा पुगेका नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको काम ७२ प्रतिशत पूरा भएको बताए ।

भोटेकोशी बगरमा सात सय मिटर लामो र साढे पाँच मिटर अग्लो सिमेन्टको पिलरसहित तटबन्ध निर्माण, बन्दरगाह प्रवेश र त्यहाँबाट प्रस्थान गर्ने सहायक मार्गको निर्माण, बगर सम्याउने, गोदामका दुई भवन निर्माण भएका छन् ।

आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको उनले बताए । बन्दरगाहमा संयुक्त निरीक्षणस्थल, गोदाम भवन, मालबाहक र सवारी साधन पार्किङ गर्न सकिने छ ।

रसुवा नाका नेपालको नजिक पर्ने हुँदा बन्दरगाह निर्माण भएपछि नियमित रूपमा सामान आउने हुँदा यसले व्यापारी र उपभोक्ता दुवैलाई फाइदा हुने छ । बन्दरगाहको लागत दुई अर्ब १६ करोड ६० लाख रुपैयाँ रहेको छ ।

बन्दरगाहभित्र ३१३ साना र २३ वटा ठुला कन्टेनर रहने छन् । बन्दरगाहभित्र इमिग्रेसन, पार्किङको व्यवस्था रहने छ । बन्दरगाहको एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन कार्यालय, बैङ्क र सुरक्षा निकाय रहने छन् ।

रसुवामा बन्दरगाह निर्माण भएपछि भारतको विसाखापटनमा हुँदै आउने सामान छोटो समयमा रसुवा नाकाबाट आउने हुँदा लागत र समय कम लाग्ने व्यवसायीहरू बताउँछन् ।

यो पनि : 

रसुवा सुक्खा बन्दरगाहको काम ६५ प्रतिशत, असारमा सञ्चालन होला ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट