२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हिमालयन बैंकको नयाँ बानेश्वर शाखा काेटेश्वर स्थानान्तरण

आइतवार , पौष १४, २०८१

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकसँग मर्ज गरेपछि नजिक भएका शाखा सञ्जालहरुमध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरेको छ ।

नयाँ बानेश्वरमा भएको शाखालाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वर, काठमाडौंबाट १४ गते देखि कोटेश्वर शाखा नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गरी संचालनमा ल्याएको छ ।

उक्त शाखाको शुभारम्भ बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका थिए ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८२ एटीएम ८,००० भन्दा बढी पीओएस टर्मिनलहरू र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट