सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

मनोज ज्ञवाली नबिल बैंकको वरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा बढुवा

मनोज ज्ञवाली नबिल बैंकको वरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौं । मनोज ज्ञवाली नबिल बैंकको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा बढुवा भएका छन् । उनी आइतबारदेखि सिनियर डिसिओमा बढुवा भएका हुन् ।

बैंकको सञ्चालक समितिले उनलाई गत २६ तारिखमा बढुवा गरी आईतबार पत्र दिएको हो ।

ज्ञवालीले २०७७ जेठमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएर नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए ।

ज्ञवाली बैंकको सिनियर डिसिओमा बढुवा भएसँगै अब बैंकमा दुई जना सिनियर डिसिओ भएका छन् । यसअघिदेखि नै सुजितकुमार शाक्यले नबिल बैंकका सिनियर डिसिओ छन् ।

लामा समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय ज्ञवालीले ज्योति बिकास बैंकअघि ग्लोबल आइएमई बैंकमा पनि काम गरेका थिए । उनले दी इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्स अफ इण्डिया (आइसीएआई)बाट सिए उत्तिर्ण गरेका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend