२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

महालक्ष्मी विकास बैंकद्धारा कर्णाली प्रदेशका विधार्थीहरुलाई छात्रवृत्ति प्रदान

मंगलवार , पौष १६, २०८१

काठमाडाैं । महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेश अन्तर्गतका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

बैंकले कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परिक्षा (एसइई) पास गरी काठमाण्डौ उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहाने तर घरको आर्थिक अवस्था नाजुक भएका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालिकोटसँगको समन्वयमा उक्त छात्रवृति प्रदान गरेको हो ।

आज बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यत्रमका बिच छात्रवृत्तिबराबरको रकम प्रदान गरिएको बैंकले जनाएको छ । यस किसिमको कार्यबाट पैसाको अभावबाट कुनै पनि विद्यार्थीहरुको उच्च शिक्षा हासिल गर्न चाहनामा गतिशिलता प्रदान गर्न केहीहदसम्म भएपनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नितिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट