२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालनमा, के छन् सुविधा ?

बुधवार , पौष १७, २०८१

काठमाडौं । अंग्रेजी नयांँ बर्ष २०२५ को शुरुवात संगै प्रभु बैंक लिमिटेडले बिद्युतीय कारोवारलाई प्रवर्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर प्रभु डिजिटल क्यूब सञ्चालनमा ल्याएको छ ।

उक्त काउण्टर मार्फत नगद जम्मा, नगद पुनर्चक्रण, चेक जम्मा, विवरण मुद्रण, एटिएम तथा विभिन्न किओस्क मेशिनको माध्यमवाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरु ग्राहक आफैंले प्राप्त गर्न सक्ने ब्यवस्था मिलाइएको छ ।

यस सेवाको शुरुवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ्ग सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ । हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत बिस्तार गरिनेछ ।

साथै यस नविनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउने भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट