logo

२०८१ पुष २० शनिबार

logo
  • शनिबार, २० पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    बालकलाकार सचिन परियारको निधन

    बालकलाकार सचिन परियारको निधन

    3.3K
    Shares
    बालकलाकार सचिन परियारको निधन

    काठमाडौं । भाइरल बालकलाकार सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो ।

    अस्पतालमा बुधबार भर्ना भएका उनको आज बिहान करिब १० बजे निधन भएको उनको परिवारले बताएको छ ।

    स्वास्थ्यमा समस्या आएपछि एक साताअघि सचिनलाई अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन । उनी १३ वर्षका थिए ।

    भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा सहजै भेटिन्छन् ।

    सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनयसमेत गरेका थिए ।

    त्यस्तै, सचिनले हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए ।

    ‘रातो रबर एक’, ‘के छ हजुर’, ‘बरको छाँयाले’लगायत उनले गाएका प्रमुख गीत हुन् । भाइरल बालगायकका रुपमा परिचित सचिनले थुप्रै गीत गाएका छन् । पछिल्लो समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेका देखिन्थे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend