२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रधानमन्त्री ओलीद्वारा बाल गायक सचिन परियारको निधनप्रति दुःख व्यक्त

बिहिवार , पौष १८, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।

उनले पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले सचिनमाथि असर पुर्‍याएको बताएका छन् ।

उनले भनेका छन्, ‘बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु। एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ।

बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली !!’

सचिनको बिहीबार बिहान उपचारको क्रममा निधन भएको हो । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका अनुसार निमोनियाका कारणले सचिनको निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट