२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बिवाइडी गाडी बिक्री ४१ प्रतिशत बढेर पुग्यो ४२ लाख ७२ हजार

बिहिवार , पौष १८, २०८१

साङ्घाई,एएफपी । चीनको अग्रणी विद्युतीय कार निर्माता कम्पनी बिवाइडी अटोको सन् २०२४ मा सवारी साधनको बिक्री बढेको छ । विद्युत तथा ब्याट्रीबाट चल्ने कार निर्माता कम्पनी बिवाइडी विदेशमा व्यवसाय विस्तार गर्ने चिनियाँ अटोमोटिभ फर्ममध्ये सबैभन्दा प्रमुख हो ।

बिवाइडीले गत वर्ष ४२ लाख ७२ हजार १४५ वटा गाडी बिक्री गरेको थियो, जुन सन् २०२३ मा बिक्री भएका ३० लाख २४ हजार ४१७ गाडीको तुलनामा ४१.३ प्रतिशत बढी हो । डिसेम्बरमा मात्रै बिवाइडीले चीनबाहिर ५७ हजार १५४ वटा गाडी बिक्री गरेको छ, जुन सन् २०२३ को सोही अवधिको तुलनामा ५८.३ प्रतिशतले बढी हो ।

बेइजिङ र पश्चिमबीचको व्यापार विवादबाट बढ्दो खतरामा रहेको चीनले आफ्ना उत्पादनलाई वैकल्पिक बजारमा पुर्याउने नीतिले व्यापारमा वृद्धि भएको कम्पनीले जनाएको छ ।

‘बिल्ड योर ड्रिम्स’ भन्ने अङ्ग्रेजी नारालाई अङ्गीकार गर्ने बिवाइडी विश्वको सबैभन्दा ठूलो अटोमोटिभ बजार चीनमा सबैभन्दा ठूलो इभी उत्पादक कम्पनी हो ।

कम्पनीको त्रैमासिक आम्दानीले गत वर्षको तेस्रो त्रैमासिक अवधिमा पहिलो पटक विश्वव्यापी प्रतिद्वन्द्वी टेस्लालाई उछिनेको थियो ।

बिवाइडी र चिनियाँ बजारमा यसको उद्योगका समकक्षीहरूको प्रारम्भिक द्रूत बिक्री वृद्धि बेइजिङबाट उदार अनुदानका कारण आंशिक रूपमा लाभान्वित भएका थिए ।

युरोपेली सङ्घ (इयु)ले चिनियाँ कम्पनीहरूलाई राज्यको व्यापक सहयोगले अनुचित प्रतिस्पर्धा निम्त्याएको बताएको छ । समूहले गरेको अनुसन्धानले बेइजिङको अनुदानले स्थानीय प्रतिस्पर्धीहरूलाई प्रभावित गरिरहेको ठहर गरेको छ ।

इयूले गत अक्टोबरमा चिनियाँ विद्युतीय सवारीसाधनमा ३५.३ प्रतिशतसम्म थप कर लगाउने घोषणा गरेको थियो ।

यसअघि सन् २०२४ मा संयुक्त राज्य अमेरिका र क्यानडाले चिनियाँ विद्युतीय सवारीसाधनमा भन्सार शुल्क बढाएर शतप्रतिशत पु्र्याएका थिए ।

उद्योग अनुसन्धान कम्पनी आरएचओ मोसनका अनुसार नोभेम्बरमा विश्वव्यापी इभी बिक्री १८ लाखमा पुगेपछि बिवाइडीको यो आँकडा आएको हो।

“यो त्रैमासिकमा विश्वव्यापी रूपमा इभी बिक्रीमा उल्लेखनीय वृद्धि भएको छ हामीले क्रमिक रूपमा अघिल्लो महिनाको रेकर्डलाई तोड्न सफल बनेका छौँ,” आरएचओ मोसन विशेषज्ञ चाल्र्स लेस्टरले गत महिना जारी एक प्रेस विज्ञप्तिमा बताएका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ