२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

ठगीमा मुछिएपछि लेखा समिति सभापतिका स्वकीय सचिव पदबाट निष्कासन

शुक्रवार , पौष १९, २०८१

विराटनगर । ठगीमा मुछिएपछि सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेल पदबाट निष्कासन भएका छन् । सभापति पोखरेलले स्वकीय सचिव पोखरेललाई पदबाट बर्खास्त गरेका हुन् ।

आज एक विज्ञप्ति जारी गर्दै सभापति पोखरेलले भनेका छन्, ‘मेरो स्वकीय सचिवको रूपमा कार्यरत अनिल कुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। निज माथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागु हुनेगरी निष्कासन गरेको ब्यहोरा अनुरोध गर्दछु ।’

एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ ।

471705703_1727271131151836_111859724944382525_n

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट