२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल लाइफ क्यापिटलको ११औँ वार्षिक साधारणसभा सम्पन्न

सोमवार , पौष २२, २०८१

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

को ११औँ वार्षिक साधारणसभा पुस १९ गते काठमाडौंमा सम्पन्न भएको हो । उक्त ११औँ वार्षिक साधारणसभाबाट आ.व. २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

त्यस्तै, वार्षिक साधारणसभाले आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन गरेको छ । संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।

साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको संचालक समितिको ११०औँ बैठकले कृष्णराज लामिछानलाई सर्वसम्मतिले संचालक समितिको अध्यक्ष चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ