२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कृषि विकास बैंकले भन्यो : 'लहान शाखा कार्यालयको घटनाबारे भ्रामक र तथ्यहीन प्रचार'

शुक्रवार , पौष २६, २०८१

काठमाडौँ । कृषि विकास बैंकले आफ्ना शाखा कार्यालयका कर्मचारी तथा व्यवस्थापनसम्बन्धी विभिन्न भ्रमपूर्ण समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकले प्रेस विज्ञप्ति जारी गर्दै बैंक सञ्चालनसँग सम्बन्धित दैनिक गतिविधिहरूलाई लिएर भ्रामक समाचार तथा तथ्यहीन प्रचारप्रति आपत्ति जनाएको छ ।

विज्ञप्ति अनुसार, बैंकको लहान स्थित शाखा कार्यालयका कर्मचारीसँग सम्बन्धित असमझदारीका विषयलाई लिएर केही अनधिकृत माध्यमबाट सामाजिक सञ्जाल र संचार माध्यममा गलत तथ्यहरू प्रस्तुत गरिएका थिए। बैंकले यसप्रति गम्भीर असहमति जनाउँदै त्यस्ता सूचना सार्वजनिक नगर्न सबैमा अनुरोध गरेको छ।

बैंकले स्पष्ट गरेको छ कि उक्त घटनाको पूर्ण विवरणसहित आवश्यक अनुसन्धान कार्य अघि बढाई सकिएको छ। साथै, नियमानुसार सम्बन्धित पक्षहरूसँग आवश्यक कानूनी प्रक्रिया समेत अघि बढाइएको छ। यस विषयलाई थप प्रस्ट्याउँदै बैंकले भनेको छ, “हाम्रो उद्देश्य ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्नु हो। यस प्रकारका तथ्यहीन कुराहरूले बैंकको छवि बिगार्ने प्रयास भएको छ, जसलाई बैंकले गम्भीर रूपमा लिएको छ।”

बैंकले आफ्नो शाखा कार्यालयले २०७९/११/१५ देखि जारी गरेको कार्यतालिका तथा सेवा प्रदानसम्बन्धी क्रियाकलापका बारेमा विस्तृत जानकारी समेत दिएको छ। यसबाहेक, २०८०/०७/२३ र २०८०/०८/०७ मा राष्ट्रिय दैनिक पत्रिकामार्फत आफ्ना ग्राहकलाई सचेत गराउँदै बैंकले सूचना प्रवाह गरेको थियो। त्यसपछि पनि सार्वजनिक चासो र आवश्यक छानबिनको प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ।

त्यस्तै, बैंकका कर्मचारीहरूको सुरक्षा र व्यवहारको विषयमा कुनै पनि प्रकारको गैरव्यावसायिक तथा अनधिकृत गतिविधि सहन नहुनेमा बैंकले जोड दिएको छ। “हामी बैंकभित्र पारदर्शीता र जवाफदेहितालाई प्राथमिकतामा राख्छौं। यस्तो अवस्थामा सबै कर्मचारीलाई आचारसंहिता र बैंकका नीतिगत प्रक्रियालाई पालना गर्न विशेष ध्यान दिन निर्देशन गरिएको छ,” बैंकले भनेको छ।

यस्तो छ बैंकले जारी गरेको विज्ञप्ती : 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट