logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ खुला 

    इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ खुला 

    6.1K
    Shares

    काठमाडाैं । इन्फास्ट्रक्चर बैंकको आइपिओ (प्राथमिक सेयर)मा आजदेखि आवेदन खुलेको छ । कम्पनीको आइपिओमा ६ गतेसम्म आवेदन दिन सकिनेछ । 

    बैंकले अंकित मूल्य १ सयका दरले ८ करोड कित्ता सेयर जारी गर्न लागेको हो । सोमध्ये कर्मचारीका लागि १ लाख ६० हजार र सामुहिक लगानी कोषका लागि ४० लाख कित्ता छुट्याइएको छ ।

    बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ । ६ गतेसम्ममा पूर्ण आवेदन नपरे माघ १६ गतेसम्म निष्कासन अवधि थपिने छ ।

    बैंकले जारी गर्ने प्राथमिक सेयर अहिलेसम्मकाे ठूलो परिमाणको हो । 

    आवेदन भर्दा कम्तिमा १० कित्ता र त्यसभन्दा माथि दिनुपरेमा १० ले गुणा जाने २०, ३०, ४०… अंकमा मात्रै दिनुपर्दछ ।

    पछिल्लो समय आईपीओमा आबेदन गर्नेको संख्या साढे १२ लाख नाघिसकेको छ । डिम्याट खाता खाेल्नेकाे संख्या पनि तीव्र रुपमा बढीरहेकाे छ ।

    समानुपातिक रुपले वितरण गर्दा पनि न्युनतम ५० कित्ता शेयर पर्ने देखिन्छ । तर सबै आबेदकले ५० कित्ताको लागि आबेदन नगर्न पनि सक्छ । त्यसैले न्युनतम ५० देखि ७० कित्ता सम्मको लागि आवेदन गर्दा उपयुक्त हुने देखिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend