logo

२०८१ माघ १ मंगलबार

logo
  • मंगलबार, १ माघ २०८१
  • प्रभु बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न, ६ जना संचालक निर्वाचित

    प्रभु बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न, ६ जना संचालक निर्वाचित

    665
    Shares
    प्रभु बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न, ६ जना संचालक निर्वाचित

    काठमाडौं । प्रभु बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

    बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा सम्पन्न साधारण सभाले संचालक समितिको प्रतिवेदन सहित गत आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ।

    साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको र प्रभु स्टक मार्केट लिमिटेडको गत आर्थिक वर्ष २०८०/८१ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ।

    वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरु सर्वसम्मतबाट पारित भएको जनाइएको छ।

    संस्थापक समूह तर्फ अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह र बृष बहादुर बस्नेत र सर्वसाधारण समूहतर्फ सुरज कुमार श्रेष्ठ, राजु पौडेल र किशोरजङ्ग कार्की गरि ६ जना संचालकहरु आगामी ४ वर्षको कार्यकालको लागि निर्वाचित भएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend