२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चिकित्सकहरुका लागि ‘डक्टर्स पिएमएस’ सेवा संचालनमा

बुधवार , माघ २, २०८१

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरुलाई सेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा संचालनमा ल्याएको छ ।

नेपाल धितोपत्र बोर्डबाट ईजाजतप्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तरगत यो विशेष योजना ल्याएको हो ।

क्यापिटलका चिफ बिजनेस अफिसर ओमकारमणि आचार्यका अनुसार न्यूनतम ५ लाख रुपैंया वा सो बराबरको सेयर भएपछी सो योजनामा सहभागि हुन सकिन्छ ।

यसमा बार्षिक सेवा शुल्क पुर्ण रुपमा मिनाहा गरिएको छ भने लगानीमा भएको मुनाफामा लगानीकर्तालाई ९० प्रतिशत र एलिट क्यापिटललाई १० प्रतिशत भागबण्डा हुने गरी बाँडफाड गरिनेछ । साथै मुनाफा भएको रकम त्रैमासिक रुपमा चाहेको बेला झिक्न सकिने र यसमा ५ लाखभन्दा माथि जतिसुकै लगानी गर्न सकिने समेत जनाइएको छ ।

यो योजनामा सहभागि हुने स्वास्थ्यकर्मीका परिवारलाई निशुल्क डिम्याट खाता तथा मेरो सेयर सेवाको सुविधा समेत प्रदान गरिने जनाइएको छ । साथै यस लगानी योजनामा सहभागि हुने लगानीकर्तालाई निशुल्क विमा सुविधा समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसका साथै सेयर बजार सम्बन्धि निशुल्क तालिम र अन्य परामर्श सेवाहरु समेत निशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आवद्ध व्यक्तिहरुका लागि यो योजना लागु हुने क्यापिटलले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार