२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रेमन्ती राई र किरण गजमेरकोको आवाज रहेको ‘अधुरो सपना ३’ गीत सार्वजनिक

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । गीतकार रीमा श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो बजारमा आएको छ । उनको शब्द सृजना रहेको ‘अधुरो सपना“ “अधुरो सपना-२” अत्याधिक सफलता पछी “अधुरो सपना ३” बोलको गीतको भिडियो रिलिज गरिएको छ।

तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गीत मा गायिका रेमन्ती राई को र गायक किरण गजमेरको स्वर छ । अम्बर तुम्बापो सुब्बाको संगीत र सञ्जीव बरैलीको एरेन्ज रहेको उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ ।

माया हेराई भोगाई जस्तै महशुस पनि हो भन्ने कुरालाई नजिकबाट केलाइएको ‘अधुरो सपना“ र “अधुरो सपना-२” प्रथम भाग रहेको “अधुरो सपना-३ ” गीतको भिडियोमा बाल्यकालको सपनामा देख्न सकिन्छ । यस गीतको निर्माता कुशल गुरुङ हुन् ।

दिक्पाल कार्की र शिला गजुरेलको अभिनय रहेको गीतको भिडियोको निर्देशन सोनम पाखरिनले गरेका हुन् । उक्त गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन बिकाश दाहालले गरेका हुन् ।

https://youtu.be/1b6J4Ctmm5s

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ