२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वैवाहिक बन्धनमा बाँधिइन् गायिका मेलिना राई

शुक्रवार , माघ ४, २०८१

काठमाडौँ । चर्चित गायिका मेलिना राईले विवाह गरेकी छन् । उनले शुक्रबार प्रेमी ध्रुव गुरुङसँग लगनगाँठो कसेकी हुन् ।

उनको विवाह समारोह गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा गरिएको छ । विवाह समारोहमा परिवार, निकट आफन्त र साथीभाइको सहभागिता थियो ।

त्यस्तै, विवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, गायक गायिकाको अलवा फिल्मकर्मी पनि सहभागी थिए ।

उनीहरुले बुधबार इन्गेजमेन्ट गरेका थिए । केही समयदेखिको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् ।

मेलिना नेपाली साङ्गीतिक क्षेत्रकी चर्चित गायिका हुन् भने इलामका ध्रुव पेसाले ब्रिटिस आर्मी हुन् ।

विवाह बन्धनमा बाँधिइन् मेलिना - बाह्रखरी :: Baahrakhari

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ