मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

वैवाहिक बन्धनमा बाँधिइन् गायिका मेलिना राई

वैवाहिक बन्धनमा बाँधिइन् गायिका मेलिना राई

काठमाडौँ । चर्चित गायिका मेलिना राईले विवाह गरेकी छन् । उनले शुक्रबार प्रेमी ध्रुव गुरुङसँग लगनगाँठो कसेकी हुन् ।

उनको विवाह समारोह गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा गरिएको छ । विवाह समारोहमा परिवार, निकट आफन्त र साथीभाइको सहभागिता थियो ।

त्यस्तै, विवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, गायक गायिकाको अलवा फिल्मकर्मी पनि सहभागी थिए ।

उनीहरुले बुधबार इन्गेजमेन्ट गरेका थिए । केही समयदेखिको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् ।

मेलिना नेपाली साङ्गीतिक क्षेत्रकी चर्चित गायिका हुन् भने इलामका ध्रुव पेसाले ब्रिटिस आर्मी हुन् ।

विवाह बन्धनमा बाँधिइन् मेलिना - बाह्रखरी :: Baahrakhari

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend