२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रभु बैंकको नाफा ८५.४९ प्रतिशत बढ्यो, अरु सूचक कति ?

सोमवार , माघ ७, २०८१

काठमाडौं । प्रभु बैंकको नाफा लोभलाग्दो गरी बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा ८५.४९ प्रतिशतले बढेको छ । बैंकले सो अवधिमा १ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको हो ।

अघिल्लो वर्षको यसैअवधिमा बैंकले ७२ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड कायम भएको छ ।

बैंकको सञ्चालन नाफा ४५.९५ प्रतिशतले बढेर २ अर्ब ५२ करोड पुगेको छ ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसाले बढेर ११ रुपैयाँ ३५ पैसा कायम भएको छ ।

बैंकको पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ रहेको छ ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट