२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ग्लोबल आइएमईले कमायो ३ अर्ब ५ करोड बढी नाफा

सोमवार , माघ ७, २०८१

काठमाडौँं । ग्लोबल आइएमई बैंकले ३ अर्ब ५ करोड ३४ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले सो नाफा कमाएको हो ।

बैंकको नाफा अघिल्लो वर्षको यसैअवधिको तुलनामा ४९.५१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यता, बैंकको खुद ब्याज आम्दानी भने ४.४१ प्रतिशतले घटेर १० अर्ब ३८ करोड ३९ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७१ पैसाले बढेर १६ रुपैयाँ ०२ पैसा पुगेको छ । बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट