२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनआइसी एसियाको नाफा १५ करोड १७ लाख

सोमवार , माघ ७, २०८१

काठमाडौं । एनआइसी एसिया बैंकले १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको हो ।

गत वर्ष बैंकले १ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ६.४० प्रतिशत घटेको छ । खुद ब्याज आम्दानी घटेर ५ अर्ब १८ करोड कायम छ ।

बैंकको इम्पेयरमेन्ट चार्ज ४८ करोडबाट बढेर २ अर्ब ५३ करोड पुगेको छ । यसले गर्दा नाफामा गिरावट देखिएको हो ।

बैंकको सञ्चालन नाफा पनि ९०.४० प्रतिशतले घटेको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५५ पैसाले घटेर २ रुपैयाँ ०४ पैसामा झरेको छ ।

यस बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट