२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

निफ्राको खुद नाफा घट्यो, यस्तो छ वित्तीय विवरण

सोमवार , माघ ७, २०८१

काठमाडौं । नेपाल पूर्वाधार बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार निफ्राको नाफा घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ६४ करोड १९ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा बैंकको खुद नाफा ६८ करोड ९९ लाख रुपैयाँ थियो ।

त्यस्तै बैंकको यो दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी १ अर्ब ४ करोड छ । पहिले यो अवधिमा १ अर्ब ३६ करोड रुपैयाँ थियो ।

बैंकको प्रतिसेयर आम्दानी घटेर पहिले ६ रुपैयाँ ३९ पैसा रहेकोमा अहिले ५ रुपैयाँ ९४ पैसा छ ।

बैंकको कुल कर्जामा निष्क्रिय कर्जा ०.३० प्रतिशत छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट