२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक, के गरे बदमासी ?

मंगलवार , माघ ८, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंकलाई कारबाही गरेको छ ।  निर्देशन विपरीत काम गरेको भन्दै राष्ट्र बैंकले तीन वाणिज्य  बैंकलाई कारबाही गरेको जनाएको हो ।

वित्तीय संस्था सम्बन्धी ऐन पालना नगरेकोले प्रभु बैंकलाई कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । प्रभु बैंकले नियमविपरित सञ्चालक समिति नियुक्त गरेर वार्षिक साधारण सभाबाट पारित गरेको, बैंकको सर्वसाधारण सञ्चालकको पदावधि समाप्त भए तापनि मर्जर तथा प्राप्तिको व्यवस्थालाई आफू अनुकूल व्याख्या गरी सञ्चालकको पदावधि प्राप्ति भएको मितिबाट गणना गरिएकाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको व्यवस्था पालना नगरेको पाइएको छ ।

स्थलगत निरीक्षणका क्रममा यस बैंकबाट जारी निर्देशनहरूको पालनामा कमजोरीहरू देखिएको तथा निरीक्षण प्रतिवेदनमा औँल्याइएका कैफियतहरू समयमै सुधार गर्न बैंक अग्रसर रहेको नदेखिएको राष्ट्र बैंकले जनाएको छ । प्रभु बैंकले कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी बापतको व्यवस्था कायम नगरेको तथा पुँजी पर्याप्तता अनुपात गणना सम्बन्धमा जारी निर्देशन पालना नगरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, हिमालयन बैंकले कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरूको पालना नगरेको पाइएको छ । यस सम्बन्धी हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकले सचेत गराएको छ ।

एनआईसी एसिया बैंकले सञ्चालक, निजहरूका परिवारका सदस्य एवम् सम्बद्ध संस्थालाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको पाइएको छ । बैंकका सञ्चालक, निजका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरूको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा यस बैंकको निर्देशन बमोजिम बढी प्रदान भएको व्याज रकम फिर्ता गराएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालक त्रिलोकचन्द्र अग्रवाल तथा सञ्चालक रामचन्द्र संघाइलाई नेपाल नसिहत दिएको छ ।

राष्ट्र बैंकले जारी गरेको पुँजी पर्याप्तता ढाँचा २०१५ अनुरुप हुने गरी जोखिम भार र पुँजी कोष कायम भएको यकिन गरी सोको प्रतिवेदन यस बैंकलाई नियमित रूपमा उपलब्ध गराउन तथा सोको सुधारको कार्य योजना बनाई लागु गर्न यस बैंकलाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट