२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भीम विसीको सङ्गीतमा हरिभक्तको ‘डार्लिङ’ सार्वजनिक

शनिवार , माघ १२, २०८१

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘डार्लिङ’ सार्वजनिक भएको छ । टेक विसी र मिना पोख्रेलको स्वर, भीम विसीको सङ्गीत, केशव बडुको एरेञ्ज र कुमार रानाको मिक्सिङ एवम् माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विक्रम चौहानको निर्देशन एवम् कोरियोग्राफी रहेको गीतको भिडियोमा पल शाह र ईशा परियारको अभिनय रहेको छ । डान्सिङविटमा रहेको गीत जति राम्रो छ भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

पवन शुसलिङ र टिमले छायांकन गरेको गीतको भिडियोमा मिलन विश्वकर्माको दृश्य सम्पादन एवम् कलरिङ छ । गीतको भिडियो हरिभक्तको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

एक दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरेका हरिभक्त गीत लेखनमा पनि त्यतिकै सक्रिय छन् । उनका थुप्रै गीत लोकप्रिय छन् । तेह्रथुममा जन्मिएका गीतकार बुढाथोकी त्यहाँका पहिलो नाटककारसमेत हुन् ।

ड्राइभिङसम्बन्धी पुस्तकका पहिलो लेखक रहेका उनी रोटरी डिस्ट्रिक्ट ३२८२ गानका रचनाकार र पतञ्जली योगगानका रचनाकारसमेत हुन् ।

https://youtu.be/2yk4VP-BpO8

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ