२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अभिनेता सलोन बस्नेतको लगानीमा बन्यो चलचित्र ‘रङ्गी’

आइतवार , माघ १३, २०८१

काठमाडौँ । बाल कलाकार हुँदै अभिनय यात्राको सुरुआत गरेका अभिनेता सलोन बस्नेतले चलचित्र निर्माण गरेका छन् । पहिलो चलचित्र ‘रङ्गी’ को प्रचारप्रसारका क्रममा अभिनेता बस्नेतले चलचित्र निर्माण गर्ने आफ्नो सपना पूरा भएको बताए ।

उनले भने, “म चलचित्रकै माध्यमले चिनिए, बाल कलाकारदेखि नै चलचित्र कर्ममै छु, मलाई मन परेको कथामा चलचित्र बनाउने सपना थियो, त्यो पूरा भएको छ, चलचित्र क्षेत्रमा यो मेरो नयाँ यात्राको सुरुआत हो ।”

हालै सार्वजनिक गरिएको ‘छ भने माया’ गीतको श्रव्यदृश्यमा अभिनेता बस्नेतसँगै दिलीप रायमाझी, नव अभिनेत्री नम्रता श्रेष्ठ, बाल कलाकार आयुषी ढकालले नृत्य गरेका छन् । गीतमा तीन पुस्ताको सहभागिताले सुन्दरता थपेको उनले बताए ।

“मेरो बुवा शोभित बस्नेतसँग काम गर्नुभएका अग्रज, मेरा समकालीन र नव प्रवेशीसँग काम गर्न पाउँदाको खुसी म शब्दमा व्यक्त गर्न सक्दिन, तीन पुस्ताको सहभागिताले गीतलाई झनै सुन्दर बनाएको छ”, उनले भने ।

चलचित्रमा विशाल पहाडी, उत्तम केसी, सुमिन गुरुङलगायतका कलाकारले पनि अभिनय गरेका छन् । यस चलचित्रमार्फत निर्देशनमा सुरेश न्यौपानेले ‘डेब्यु’ गर्दै छन् । उनले बुवा छोरीको कथालाई पर्दामा ल्याउने प्रयास गरेको बताए ।

“यो बुवा र छोरीबीचको प्रेमको कथामा तयार भएको चलचित्र हो, हामीले प्रणय दिवसमा यसलाई दर्शकसम्म पुर्याउने छौँ, मैले मुख्य सहायक निर्देशक भएर गरेका कामबाट प्रभावित भएर निर्देशनको जिम्मेवारी दिनुभएकामा सम्पूर्ण निर्माण पक्षप्रति कृतज्ञ छु”, उनले भने ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा तयार भएको चलचित्रमा सुमन गजमेरले कथा लेखन, सौरभ लामाले छायाङ्कन, दुर्गेश थापा, आमेश भण्डारी र भीम विसीले सङ्गीत सिर्जना, बन्दे प्रसादले सम्पादन, राजेन्द्र मोक्तानले रङ्ग संयोजन, कविराज गहतराज र शिशिर खातीले नृत्य निर्देशन गरेका छन् ।

चलचित्र आउँदो प्रणय दिवस अर्थात् फागुन २ मा नेपालसँगै विश्वभर प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ