२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल मगर संघ मलेसियाद्वारा माघे संक्रान्ति विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न

बिहिवार , माघ १७, २०८१

काठमाडौं । नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिति पेनाङले माघे संक्रान्ति विशेष सांगितिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । संघले माग १६ गते बुधबारका दिन पेनाङ राज्यस्थित सनसाइन मार्केटको सभाहलमा कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको हो ।

संघका अध्यक्ष विरस पुनमगरको अध्यक्षता भएको उक्त कार्यक्रममा नेपाल मगर संघ, मलेसिया केन्द्रीय समितीका वरिष्ठ उपाध्यक्ष सन्जय मगरको प्रमुख अतिथि, जन उद्धार केन्द्र मलेसियाका केन्द्रीय अध्यक्ष केशु थापाको विशिष्ट अतिथि र मलेसियामा सञ्चालित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

संघका सदस्य दिपक लुङ्गेलीका अनुसार  कार्यक्रममा नेपालबाट आमन्त्रित सुल्पा ग्रुपकी चर्चित गायिका रुचा पुनमगर र गायक सिद्धार्थ आलेमगरको बिशेष प्रस्तुति रहेको थियो ।

त्यस्तै, कार्यक्रममा लोकपप गायक बाबुराम थापामगर, नृत्यकार कमल सोमै मगर, एरिका मगरको प्रस्तुति रहेको थियो भने तमु सेवा समाज मलेसियाका कलाकार काशी गुरुङ, मिना बुढाथोकी मगर, प्रतीक्षा बारघरे मगर, बिनोद रानामगरलगायतका स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

रोल्पाली सेवा समाज, मलेसियाका अध्यक्ष तिपेन्द्र बुढामगरले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको उद्घाटन संयोजक वकिल थापामगरले स्वागत मन्तव्य राख्दै गरेका थिए भने सहजीकरण नवराज पुनमगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ