२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार निवारणमा सरकार असफल भयो : अध्यक्ष साह

शुक्रवार , माघ १८, २०८१

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार निवारणमा सरकार असफल भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद साहले भ्रष्टाचार निवारणमा सरकार निरन्तर कमजोर हुँदा विद्यमान शासकीय व्यवस्थाप्रति नागरिक तहमा वितृष्णा बढेको बताए । मन्त्रिपरिषद्का निर्णयहरूमाथि पनि छानबिन गर्न साहले माग गरे ।

सरकारमा रहेका दुई विपरीत विचारधारा बोकेका दलहरूले लोकतन्त्रलाई सुदृढ गर्न नसक्ने उनको भनाइ छ ।

सरकारको पुँजीगत खर्च निकै कमजोर रहेको उनले बताए । सङ्घीय निजामती सेवा ऐन चाँडो पारित हुनुपर्नेमा सांसद साहले जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट