२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

संरक्षित पंक्षी डाँफे र अन्य पंक्षीको शिकार गरी ओसार पसार गर्ने २ जना पक्राउ

शुक्रवार , माघ १८, २०८१

मुगु । मुगुमा संरक्षित पंक्षी डाँफे र अन्य पंक्षीको भरुवा बन्दुक प्रयोगबाट शिकार गरी ओसार पसार गर्ने व्यक्तिहरु पक्राउ परेका छन्।

रारा राष्ट्रिय निकुञ्जका कर्मचारी र निकुञ्जको सुरक्षार्थ तैनाथ श्री हनुमानध्वज गुल्मको संयुक्त अपरेशन टोलीले विशेष सूचनाको आधारमा यस निकुञ्ज क्षेत्रबाट संरक्षित पंक्षी लगायतका अन्य पंक्षी शिकार गरी कारोवार भईरहेको भन्ने जानकारी प्राप्त भए पश्चात संयुक्त टोलीले विभिन्न मिति र स्थानहरुबाट उल्लेखित चोरी शिकार र ओसारपसारमा राष्ट्रिय पंक्षी डाँफे लगायतको सिकार गरेको आरोपमा पक्राउ गरेको वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले बताए ।

न्यौपानेका अनुसार पक्राउ पर्ने व्यक्तिहरुबाट निम्न सामान बरामद गरिएको छ। जसमा मृत डांफे जीउ ३ (भाले १ र पोथी २) मृत फक्रास जीउ ३ (भाले २ र पोथी १) भरुवा बन्दुक थान १, चक्खु थान १, भरुवा बन्दुकमा प्रयोग हुने फलामको गोली थान ३६, कालो झोला थान १, भरुवा बन्दुक पड्‌काउन प्रयोग हुने केप थान २७, बारुदको बट्टा थान २, बारुद बनाउन प्रयोग गरिने सेतो रङ्गको सोडा अन्दाजी ५०० ग्राम, मोवाईल थान १ बरामद गरिएको छ।

बरामद गरी प्रक्राउ भएका व्यक्तिको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३० (१) बमोजिम अनुसन्धान अधिकृत तोकी अनुसन्धान तथा तहकिकात कार्य जारी रहेको छ ।

No description available.

पक्राउ पर्नेहरुमा जुम्ला जिल्ला कनकासुन्दरी गाउँपालिका वडा नं ०१, रियाका २६ वर्षिय मान बहादुर कठायत र सोहि ठेगानाका ३९ वर्षिय गोरे कठायत रहेका छन् । मान माग १३ गते र गोरे माग १७ गते पक्राउ परेका हुन् ।

चिसोले बेशीतिर झरेका पंक्षीहरूको सिकार गर्न सजिलो हुने भएकाले यो समयमा चोरी सिकारी गर्न निस्कन्छन् । सिकारका कारण राष्ट्रिय पंक्षी डाँफेलगायत दुर्लभ बन्यजन्तुको अस्तित्व नै खतरामा पर्ने भन्दै संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।

No description available.

No description available.

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट