२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हतारमा विवाहको निर्णय लिएछु, अहिले सहमतिमै डिभोर्स गर्न लागेका हौँ : एलिना चौहान

शनिवार , माघ १९, २०८१

काठमाडौं । गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेपछि पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफ्नो धारणा राखेकी हुन् ।

उनले विष्णु सापकोटासँग हतारमा विवाहको निर्णय लिएको र अहिले सहमतिमै डिभोर्स गर्न लागेको बताएकी छन् ।

अनुभवबाट सिकेर नयाँ जिन्दगी सुरुवात गर्न चाहेको उनले बताएकी छन् । आफूहरू दुईजना र परिवराले सोचेरै सम्बन्धविच्छेद गर्ने निर्णय लिएको उनले बताएकी छन् ।

उनले भनेकी छन्, ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न । सात जुनीसम्म हुन्छ भनेर गरेको हुन्छ, बाबुआमाले पनि मुटु फुटाएर डिभोर्स होस् भन्ने चाहँदैनन् ।’

एलिनाले श्रीमानलाई गाली नगर्नसमेत सबैलाई आग्रह गरेकी छन् । बरु गाली गर्न मन भए आफुलाई नै गर्न भनेकी छन् ।

याे पनि :

एलिना चौहानले गरिन् पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ