२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

चितवनमा नेकपा एस, कांग्रेस, एमाले र रास्वपाका सयौं नेता कार्यकर्ता माओवादीमा प्रवेश

शनिवार , माघ १९, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) चितवन जिल्ला कमिटीका नेता, केन्द्रीय सदस्यसहित कांग्रेस, एमाले र रास्वपाका नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरेका हुन् ।

अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता कृष्णराज न्यौपाने लब्लीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्ने सयौं नेता कार्यकर्तालाई स्वागत गरे । पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई अध्यक्ष दाहालले फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।

दुईपटक कार्यवाहक जिल्ला अध्यक्ष भएर पार्टी सञ्चालन गरिसकेका नेता न्यौपाने हाल एकीकृत समाजवादीको बागमती प्रदेश सदस्य छन् ।

त्यस्तै, एकीकृत समाजवादीका चितवनका उपाध्यक्ष गंगालाल तामाङ, बागमती प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरु राजेन्द्र कँडेल, किरण श्रेष्ण, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर राना मगर, बिष्णु लामिछाने, बलराम पीडित, सुदन दराई लगायत विभिन्न तहमा रहेका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी जिल्ला अध्यक्ष रामचन्द्र न्यौपानेका अनुसार माओवादी प्रवेश गर्नेहरु नेपाली कांग्रेस, नेकपा एमाले तथा राष्ट्रिय स्वतन्त्र पार्टीका समेत नेता कार्यकर्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट