२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ईश्वरी बरालको गीत ‘नैना रेशम’ सार्वजनिक

शनिवार , माघ १९, २०८१

काठमाडौं । गायिका ईश्वरी बरालको गीत ‘नैना रेशम’ सार्वजनिक भएको छ। बरालले स्वर भरेको गीतको शब्द र संगीत सिर्जना राजकुमार बगरले गरेका हुन्।

नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियो मुस्कान ढकालले निर्देशन गरेका हुन्। जसमा गायिका बरालसँगै स्मारिका ढकाल र शुरेस कोलीको अभिनय देख्न सकिन्छ।

नैना र रेशमबीचको प्रेमभावलाई देखाइएको उक्त भिडियोको छायांकन उत्तम हुँमागाईंले गरेका छन् भने सम्पादन विकास ढकालले गरेका हुन्।

सञ्चारकर्र्मीसमेत रहेकी गायिका बरालले यसअघि माया छ कि छैन,खानदानी छोरी,हरेक रात सपनीमा, नरिसाउन होइ लगायतका गीत गाएकी छन्।

https://youtu.be/jUs7p8bB8jo

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ