२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सबै एकजुट हुनुपर्छ : महासचिव गुरुङ

शनिवार , माघ १९, २०८१

हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल, मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको फेरबदलले समेत नेपालको स्वाधीनताको रक्षा गर्नु चुनौतीपूर्ण देखिएको भन्दै यस्तो जिकिर गरेका हुन् ।

महासचिव गुरुङले मुलुकको स्वाधीनताको रक्षा गर्न सोही अनुसार परराष्ट्रनीति अङ्गीकार गर्न सरकार गम्भीर बन्नुपर्ने धारणा राखे । यसैगरी, उनले संसद्लाई छलेर अध्यादेश ल्याउने सरकारको काम ठीक नभएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट