बिहिबार, फाल्गुन २२ २०८१

बिहिबार, फाल्गुन २२ २०८१

लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सबै एकजुट हुनुपर्छ : महासचिव गुरुङ

लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सबै एकजुट हुनुपर्छ : महासचिव गुरुङ

हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल, मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको फेरबदलले समेत नेपालको स्वाधीनताको रक्षा गर्नु चुनौतीपूर्ण देखिएको भन्दै यस्तो जिकिर गरेका हुन् ।

महासचिव गुरुङले मुलुकको स्वाधीनताको रक्षा गर्न सोही अनुसार परराष्ट्रनीति अङ्गीकार गर्न सरकार गम्भीर बन्नुपर्ने धारणा राखे । यसैगरी, उनले संसद्लाई छलेर अध्यादेश ल्याउने सरकारको काम ठीक नभएको बताए ।

ताजा अपडेट
धेरै पढिएको
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend