बिहिबार, फाल्गुन २२ २०८१

बिहिबार, फाल्गुन २२ २०८१

सरकार सकारात्मक नभए सडक आन्दोलनमा जान्छौँ : अध्यक्ष प्रचण्ड

सरकार सकारात्मक नभए सडक आन्दोलनमा जान्छौँ : अध्यक्ष प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलले उठाएका बिषयमा सरकार सकारात्मक नभए सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शनिबार चितवनको भरतपुरमा संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन संघ) को ७ औं वार्षिकोत्सब उद्घाटन गर्दै प्रचण्डले बिपक्षीहरु एकतावद्ध भएर राष्ट्र र जनताको पक्षमा आवाज उठाएको भन्दै सरकारले आफ्ना कुरालाई गम्भीर रुपमा नलिए सडक आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

उनले मुलुकको सुशासन, सामाजिक न्याय, आर्थिक अराजकताबिरुद्ध आफु नेतृत्वको सरकारले अभियान नै चलाएपछि सरकार छाड्नुपर्ने अवस्था पैदा भएको बताए ।

त्यस्तै उहाले देशको राजनीति सहज रुपमा अघि बढ्न नसकेका कारण धेरै समस्याहरु सिर्जना भएको बताए । उनले आफ्नै पहलका कारण शान्तिप्रक्रियालाई निष्कर्षमा पुराउने काम अन्तिम चरणमा पुगेको धारणा राखे ।

प्रचण्डले एम्बुलेन्सको क्षेत्रमा सिन्डीकेट अन्त्य हुनुपर्ने लगाएत संयुक्त एम्बुलेन्स चालक संघले राखेका १३ बुँदे मागहरुप्रति आफु सकारात्मक रहेकाले सदनमा गम्भीर ढंगले उठान गर्ने प्रतिवद्धता जनाए ।

ताजा अपडेट
धेरै पढिएको
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend