logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • ‘पबजी’ प्रतिबन्ध लगाइएकाे भारतमा अक्षयकाे ‘फौजी’

    ‘पबजी’ प्रतिबन्ध लगाइएकाे भारतमा अक्षयकाे ‘फौजी’

    5.5K
    Shares

    काठमाडाैं । भारतले पब्जीमाथि प्रतिबन्ध घोषणा गरेलगत्तै बलिउड कलाकार अक्षय कुमारले ल्याउने घोषणा गरेको मोबाइल गेम ‘फौजी’ प्लेस्टोरमा आएको छ ।

    भारतको ७२ ‍औं गणतन्त्र दिवसको अवसरमा उक्त गेम सार्वजनिक गरिएको हो । गुगल प्ले स्टोरमा उक्त गेम ५० लाखभन्दा बढीले रजिस्ट्रेसन गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

    पहिलो चरणमा फौजी एन्ड्रोइड स्मार्टफोनहरुमा मात्र उपलब्ध हुने बताइएको छ । आइओएस एप स्टोरमा कहिले गेम सार्वजनिक हुन्छ भन्ने बारे केही बताइएको छैन । फौजीमा भारतीय सेनाको जीवन चित्रित गरिएको बताइएकाे छ । यस्तै, देश र जनताको रक्षाका लागि सिमामा खटिएका सेनाले कसरी काम गर्छन् भन्ने विषय यो मोबाइल गेमको महत्त्वपूर्ण पक्ष भएको फौजीका सीइओ विशाल गोन्डलले बताए ।

    भारत सरकारले गएकाे अगस्टमा प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण चोरी देशबाहिर डेटा लाने गरेको आरोप लगाएर पब्जीसहित अन्य १ सय १७ चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको थियो। त्यसलगत्तै अक्षय कुमारले गोन्डलसँग मिलेर ‘पब-जी’ जस्तै गेम ल्याउने घोषणा गरेका थिए ।

    पब-जीप्रति भारतीय मोबाइल गेम युजरको आकर्षण र गरेको व्यवसायिक कारोबार हेरेर विकल्पमा ‘फौजी’ एप्स निर्माण सुरु गरिएको थियो । भारतमा पबजी अत्याधिक रूचाइएकाे गेम थियाे । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend