२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

सबैले आत्मविश्वासका साथ काम गरे नेपाल पछाडि पर्दैन : प्रधानमन्त्री ओली

सोमवार , माघ २१, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वल्र्ड स्कुलद्वारा आज आयोजित ‘युवा अन्तरक्रिया’ मा प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार बनाएर र आधुनिक गुणस्तरीय शिक्षा दिएर युवालाई विश्व बजारको प्रतिस्पर्धी बनाउने सङ्कल्प पनि गरे ।

“विदेशमा गएर नेपाली युुवाले अरूका देश बनाएका छन् । अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ । हामीसँग एक करोड युवा अहिले पनि स्वदेशभित्रै छन् । त्यसैले अब हामी हाम्रो देश बनाउँछौँ,” विद्यार्थीलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, “यस देशबाट गरिबी समाप्त पार्नुपर्छ । देशको स्वाधीनताको झन्डा झुक्न दिन हुँदैन र देशलाई समृद्ध नेपाल बनाउनुपर्छ ।”

प्रधानमन्त्री ओलीले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरवगाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधीनमा बस्नु नपरेको स्मरण गराउँदै विद्यार्थीलाई देशभक्तिलाई शिरमा बोकेर इमानदार बनेमा सफलतामा पुग्न सकिने सुझाव दिए ।

उनले विद्यार्थी अरूको बहकावमा लाग्न नहुने र असल नेपाली संस्कारलाई पछ्याउनुपर्नेमा जोड दिँदै युवाका लागि स्वदेशमै अवसरहरूको सृजना गर्न सरकारले विशेष ध्यान दिइरहेको जनाए ।

नेपाल र चीनबीचको सम्बन्धबारे एक विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपालले चीन, भारतलगायत विभिन्न देशसँग मित्रवत् सम्बन्ध राख्दै आएको बताउँदै हालैको औपचारिक चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसियटिभको फ्रेमवर्क’ मा सम्झौतालगायत विभिन्न सहकार्य विस्तार भएको बताए ।

नेपालको भलाइका लागि तपाईंले देखेको सबैभन्दा ठूलो सपना के हो ? भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै आफ्ने ठूलो सपना भएको स्पष्ट गरे । प्रधानमन्त्री ओलीसमक्ष विद्यार्थीले उनका रूचिका विविध पक्षमा पनि प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट